नियम ८४
तलबको उल्लेख
: (१) यस परिच्छेद र परिच्छेद–९ मा जहाँ जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीको तत्काल खाइपाइ आएको तलब रकम (तलबबृद्धि समेत) लाई जनाउनेछ।
(२) नियम ६९ र ७० को प्रयोजनको लागि ‘आखिरी तलब’ भन्नाले सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै सशस्त्र प्रहरी कर्मचारी निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।